आज फेरी पिउन मन लाग्यो

Posted by

आज अचानक कसैको याद आयो
कसैको याद मा फेरी पिउन मन लाग्यो
सम्झनाका तस्बिरहरु आँखामा टाँसेर
आज फेरी रमाउन मन लाग्यो ।।

टिल्ल हुनेगरी पिएर
कसैको सम्झनामा रम्न मन लाग्यो
कोहीसँग गरेको मस्ती सम्झेर
आज फेरी हाँस्न मन लाग्यो ।।

जिन्दगीका रमाइला पलहरु सम्झेर
त्यही पलमा फर्कन मन लाग्यो
कसैको सम्झनामा मस्त भएर
आज फेरी तडपिन मन लाग्यो ।।

कसैको घर छेउको बाटो
आज फेरी हिंड्न मन लाग्यो
कसैको यादमा मस्त डुबेर
आज फेरी पिउन मन लाग्यो

One comment

  1. अचानक याद आएर कसैको आज
    यादमै डुबी पिउन मन लाग्यो
    सम्झनाका तस्वीरहरू दिलमा टाँसेर
    बरू तस्वीरसँगै जिउन मन लाग्यो..

    आज फेरि मलाई पिउन मन लाग्यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *