सानु

Posted by

कहिले काहीँ भेट्दा मिठो बोली बोल्नु सानु,
कता हिंडेको के गर्दै हो भनेर सोध्नु सानु।

मेरो घर छेउ बाटो हिड्दा के छ भनी बोलाउनु सानु
अर्कै माया लाए पनि,मलाई कहिल्यै नभुल्नु सानु।

यस्तै रहेछ दैबको लीला भेट्ने छुट्टीने हुन्छ सानु
तिमी कहाँ म कहाँ एक्लै बस्नु पर्यो सानु।

मेरो मायालाई कहिले गाली नगर्नु सानु
चोखो माया गरेर त्यही आशा गरेँ सानु।

आशा माथि तिमीले घात गर्यौ भन्दिन सानु
तिमीलाई छोडेर म एक्लै बाँच्न सक्दिन सानु।

त्यसैले त म भन्छु फेरी फर्की आउ सानु
जिन्दगीको लामो यात्रा मिली झुली काटौँ सानु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *